मेचीनगरमा भोलि खुला हाफ म्याराथन प्रतियोगिता हुँदै

मेचीनगर । आगामी फेब्रुवरी १८ देखि २० तारखिसम्म हुने अन्तर्राष्ट्रिय रोटरी नेपाल–भुटान ३२९२ अन्तर्गतका रोटरी क्लवको १४ औँ ‘डिष्ट्रिक कन्फरेन्स’, नेपाल सम्वत् ११४२ र अन्तर्राष्ट्रिय बाल दिवसका अवसर पारेर शनिबार झापाको मेचीनगरमा खुला ‘हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतका रोटरी क्लवको १४ औँ ‘डिष्ट्रिक कन्फरेन्स’ झापाको मेचीनगरमा हँुदैछ । आयोजक अन्तर्राष्ट्रिय रोटरी नेपाल–भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । रोटरी डिष्ट्रिक ३२९२ ले नेपाल र भुटानमा रहेका क्लबहरुको संयोजन गर्दछ । एउटा डिष्ट्रिकले दुईवटा देशको क्लब हेर्न सक्दछ भने एउटा देशभित्र रोटरी क्लबहरुको संख्याको आधारमा एक वा सोभन्दा बढी डिष्ट्रिक पनि हुने गर्दछ ।
धुलावारीमा आयेजित पत्रकार सम्मेलनमा आयोजक अन्तर्रा
ष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरका प्रेसिडेन्ट किशोर क्षेत्रीले १ नम्बर प्रदेशभरिका महिला र पुरुषगरी करीव एकसय बढी धावक सहभागी हुने बताए ।
झापाको मेचीनगर–१४ स्थित शहीद दशरथचन्द माध्यमिक विद्यालय चारआलीबाट विहान शुरु भएको ‘हाफ म्याराथन’ मेचीनगर–६ को काँकरभिट्टास्थित एशियन हाइवेमा पुगेर समापन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
१३ किलो मिटर दुरी कायम गरिएको प्रतियोगतामा प्रथम, दोस्रो र तेस्रो हुने महिला तथा पुरुषले क्रमस दश हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
साथै चौथोदेखि दशौँ स्थान प्राप्त प्रतिगोगिताका धावकले जनही नगद एकहजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा करिव एकलाख रुपैयाँ खर्च अनुमान गरिएको र उक्त रकम रोटरीका सदस्यहरुबाटै संकलन गरिएको तथा टिसर्टहरु उद्योगी, व्यवसायीबाट सौजन्य स्वरुप प्राप्त भएको प्रेसिडेन्ट क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रेसिडेन्ट इलेक्ट अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कोडिनेटर दिनेश शाक्य, सदस्यहरु ऋषिराज तिम्सिना, थिन्कु नेम्बाङ, रोट्रयाक क्लब अफ मेचीनगरका प्रेसिडेन्ट इभन लुइँटेल, सदस्य आश्मा चापागाईं लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।