पूर्वमन्त्री ढकाललाई पूर्वी नाकामा स्वागत

काँकरभिट्टा । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकाललाई पूर्वी नाका काँकरभिट्टामा शुक्रबार एक कार्यक्रमकाबीच स्वागत गरिएको छ ।

भारत बिहारको पटनास्थित नालन्दा विश्वविद्यालयमा आयोजित तीन दिवशीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरी स्वदेश फर्किने क्रममा उनलाई स्वागत गरिएको हो ।

‘कोभिडपछिको विश्व व्यवस्था निर्माणमा धर्म परम्परा’ विषयक सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी उनी स्वदेश फर्किएका थिए ।
त्यसक्रममा विश्व शिखर सम्मेलनको विशेष दूत समेत रहेका ढकाललाई नेपाल मधुमेह प्रतिष्ठानका अध्यक्ष मेदनीप्रसाद खरेलले खादा ओढाएर सम्मान गरेका हुन् ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी सुनिल दाहाल, नेपाल परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेललगायतको उपस्थिति थियो ।