२०८३ जेष्ठ २१ बिहीबार

नाइट क्लबको छत भत्किंदा ६६ जनाको मृत्यु, १५० बढी घाइते, सयौं बेपत्ता

काठमाडौ‌- डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा ६६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १ सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानीको चार्चित नाइट क्लबको छल खसेर भग्नावशेषमा परिणत भएको हो । मृत्यु हुनेमा पूर्व बेसबल खेलाडी अक्टाभियो डोटेल समेत रहेका छन् । ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल लैजादै गर्दै बाटोमै मृत्यु भएको हो ।

डोनिनिकन रिपब्लिकका लेकप्रिय गायक रुबी पेरेजको कन्सर्ट भइरहेका बेला सो दुर्घटना भएको हो । भग्नावशेषमा हराइरहेका मध्ये गायक पेरेज पनि रहेका छन् । कन्सर्टमा सयौंको संख्यामा मानिसहरु भेला भएका बेला दुर्घटना भएको हो ।

भग्नावशेषबाट मानिसहरुको उद्दारका लागि झण्डै ४ सय उद्दारकर्ताहरु परिचालन गरिएको छ । ठूलो संख्यामा मानिसहरु फसेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका रहेका छ । छत खस्नुको कारण थाहा हुन सकेको छैन ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ चैत्र २७, बुधबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।