२०८१ बैशाख १७ सोमबार

नेपालकै दोस्रो लामो पुल निर्माणमा कमसल सामाग्री प्रयोग

सिरहा र धनुषा जोडने गरि कमला नदीमा नेपालकै दोस्रो लामो पुल निर्माणमा कमसल सामाग्री प्रयोग भएको खुलेको छ । निर्माण कम्पनीले मापदण्ड विपरीत कम गुणस्तरको माटो मिश्रित बालुवा र ढुङ्गा मिसाएर काम गरिरहेको भेटिएको हो ।सिरहा र धनुषाको दक्षिणी क्षेत्रका वासिन्दालाई जोड्ने गरी कमला नदीमा नेपालकै दोस्रो लामो पुल निर्माण थालिएको छ । सिरहाको मल्हनीयादेखि धनुषाको कठाल जोड्ने गरी एक हजार ५ सय १ मिटर लामो पुल निर्माण अघि बढेको हो । असारदेखि निर्माण थालिएको पुलमा निर्माण सामाग्री भने कमसल प्रयोग भएको स्थानीयको आरोप छ ।

पुल निर्माणमा मापदण्ड विपरीत कम गुणस्तरको माटो मिश्रित बालुवा र ढुङ्गा मिसाएर ढलान काम अगाडी बढेको हो । सस्पेन्सन बृज डिभिजन ललितपुरबाट खटिएका इन्जिनियर लगायतको प्राविधिक टोलीको मिलोमतोमै निर्माण कम्पनीले गुणस्तरहीन सामग्री मिलाएर निर्माण गरिरहेको हो । निर्माण कम्पनीले पनि त्यसलाई स्वीकार गरेको छ । १९ महिना अघि सिरहाको सिरहा–धनुषा जोड्ने कमला नदीमा बन्दै गरेको पुल कमसल निर्माणकै कारण भाँसिएपछि आवतजावत सहज रुपमा संचालन हुन सकेको छैन् । त्यस्तै अवस्था यो पुलमा पनि आउने चिन्ता स्थानीयमा छ ।

करिब १ हजार ५ सय एक मिटर लम्बाईकोपुलको चौडाई ४ फिटको रह्ने गरी ६ वटा टावर र ४ वटा एंकर ब्लक सहितको १ सय ३४ पायल जमिनमुनी निर्माण हुँदैछ । सपना, उमा एण्ड कम्पनी थानी जेभीले २१ करोड ५१ लाख १० हजार ७ सय ५३ रुपैयाँमा निर्माणको ठेक्का पाएको छ । पुलको निर्माण २०८१ असार ११ सम्म सक्नुपर्ने सम्झौता छ ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 159 Views

ताजा समाचार