२०८३ जेष्ठ २१ बिहीबार

भन्सार शुल्क कम गर्न ५० बढी देश ट्रम्पसँग वार्ता गर्न इच्छुकः ह्वाइट हाउस

संयुक्त राज्य अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका कठोर भन्सार शुल्कहरू कम गर्नका लागि ५० भन्दा बढी देशले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता खोजेको ह्वाइट हाउसले बताएको छ ।

बजार सुस्त हुँदै जाँदा पनि आफ्ना नीतिहरू ‘कहिल्यै परिवर्तन हुने छैनन्’ भनी जोड दिँदै बुधबार विश्वभरका स्तब्ध देशहरूमा भन्सार शुल्क जारी गरेदेखि रिपब्लिकन ट्रम्प अडिग रहनुभएको छ ।

तर उहाँको तहगत समयसीमाले केही देशलाई वार्ता गर्ने ठाउँ दिएको छ । यद्यपि उहाँले आफू दृढ रहने बताउनुभएको छ र उहाँको प्रशासनले कुनै पनि प्रतिशोध विरुद्ध चेतावनी दिइरहेको छ ।

“५० भन्दा बढी देशले वार्ता सुरु गर्न राष्ट्रपतिसँग सम्पर्क गरेका छन्”, ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले अमेरिकी व्यापार प्रतिनिधिलाई उद्धृत गर्दै आइतबार सिएनएनलाई भन्नुभयो ।

संयुक्त राज्य अमेरिकामा उत्पादित वस्तु बेच्ने विश्वभरका देशहरूले अमेरिकीहरूलाई ठगिरहेका छन् भनेर ट्रम्पले लामो समयदेखि जोड दिनुभएको छ र उहाँले त्यो गलतलाई सुधार्ने माध्यमका रूपमा भन्सार शुल्कलाई हेर्नुभएको छ ।

तर धेरै अर्थशास्त्रीले भन्सार शुल्कहरू उपभोक्ताहरूमा सरिन्छन् र उनीहरूले घरमा मूल्य वृद्धि देख्न सक्छन् भन्दै चेतावनी दिएका छन् । यसैबीच व्यापार र उत्पादनसम्बन्धी अनिश्चितताले विश्व बजारहरूमा दिनहुँको आतङ्कलाई बढावा दिन मद्दत गरेको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ चैत्र २५, सोमबार प्रकाशित 0 Minutes 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।