२०८३ जेष्ठ २१ बिहीबार

मुक्ति चौकबाट राजवादीलाई चुनौती , झापामा नेकपाको जनप्रदर्शन (भिडियो)

बिर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापा जिल्ला कमिटीको आयोजनामा जनप्रर्शन भएको छ । झापाको बिर्तामोडमा सो पार्टीले प्रतिगमन बिरुद्ध जनप्रदर्शन भन्दै सडकमा जनप्रदर्शन गरेको हो । बिर्तामोडको पश्चिम बस स्टेण्डबाट विभिन्न नारा लगाउँदै जुलुस मुक्ति चौकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेकपाका केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज सुमनसिंह सिले वर्तमानको राजनीतिक अवस्थाका बारेमा बोलेका थिए । कार्यक्रमको संचालन सो पार्टीका जिल्ला सचिव सञ्जय सिले गरेका थिए । कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य अर्जुन सी लगायत जिल्लाका नेता,कार्यकर्ता र समर्थकहरुको सहभागिता रहेको थियो ।

२०८१ चैत्र २४, आईतवार प्रकाशित 0 Minutes 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।