
मेचीनगर । मेचीनगरमा एसी, फ्रिज मर्मत सम्बन्धी एडभान्स तालिम लिएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
मेची उद्योग बाणिज्य संघको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको प्रविधिक सहयोगमा आज सम्पन्न एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने एडभान्स तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
संघ कै सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घरेलु तथा साना उद्योग कार्यालय प्रमुख पुष्पलता उप्रेती,
प्रशिक्षक बासु भण्डारी, सहभागी प्रशिक्षार्थीका तर्फबाट नवीन लिम्बु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा एसी, फ्रिज मर्मत सम्बन्धी काम गरिरहेका र नयाँ सिक्न चाहाने मेचीनगरका १५ जना व्यक्तिहरु सहभागी भएको मेची उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत गोपाल वस्नेतले जानकारी दिए ।
तालिममा सहभागीहरुलाई एसी, फ्रिज सिटीभिटी लेवलका प्रशिक्षक बासु भण्डारीले प्रशिक्षण दिएका थिए ।
गत फागुन १८ गतेदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिना एडभान्स तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका अधिकृत छैटौँ जानकी भट्टराईले बताए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न तालिमको स्वागत महिला उपाध्यक्ष निर्मला भण्डारी चौहान र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।
यसैबीच घरेलु तथा साना उद्योग कार्यालयले तालिममा प्रयोग भएका सामग्रीहरु अन्य सहभागीहरुलाई सिकाउन सहयोग हुने गरी संघलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री घरलुका प्रमुख उप्रेतीले संघका अध्यक्ष प्रसाईलाई दिएकी हुन् ।
