काठमाडौँ, चैत १९ गते । कतार सरकारले विभिन्न कसुरमा सजाय पाएका १८ नेपालीलाई आममाफी दिएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीलाई आममाफी दिएकोमा १८ जना नेपालीले यो अवसर प्राप्त गरेका हुन् ।
कतारमा हाल विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका नेपालीको सङ्ख्या तीन सयको हारहारीमा रहेको बताइन्छ । दूतावासले आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।

नेपाल र कतार राज्यबिचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकका रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई दूतावासले उच्च सम्मान गरेको छ ।गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



