२०८३ जेष्ठ २१ बिहीबार

बानियाँले गरेका थिए पहल,क्षितिजले पाए नागरिकता

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. ३ दोकानडाँडाका शारीरिक अपाङ्गता भएका क्षितिज राईले नागरिकता प्राप्त गर्नु भएको छ । उहाँलाई झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मोहनलाल पनेरुले घरैमा पुगेर नागरिकता प्रदान गर्नु भएको हो । क्षितिजलाई नागरिकता वितरण गर्न मेचीनगर नगरपाकिलाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, मेचीनगर ३ का वडाअध्यक्ष हर्कबहादुर बस्नेत सहभागि भएका थिए ।

जन्मजात अपाङ्ग भएका २१ बर्षिय क्षितिजलाई नागरिकता दिलाउन केही बर्षदेखि स्थानीय पत्रकार देबु बानियाँले निरन्तर पहल गर्नु भएको थियो । शिक्षक समेत रहनु भएका बानियाँले केही समयदेखि क्षितिजलाई नागरिकता बनाउन अभियान नै सञ्चालन गरेर स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि तथा अगुवा सामाजिक व्यक्तित्वहरुको समेत निरन्तर ध्यानाकर्षण गराउनु भएको थियो । पत्रकार बानियाँकै नेतृत्वमा गरिएको पहलको निरन्तरताले नै आज क्षितिजले नागरिकता पाउने अवस्था बनेको मेचीनगर ३ का एक स्थानीयले बताउनु भयो ।

२०८१ चैत्र ८, शुक्रबार प्रकाशित 0 Minutes 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।