२०८३ जेष्ठ २१ बिहीबार

मेची उद्योग बाणिज्य संघको २०औँ साधारणस सभाः पत्रकार , कर्मचारी र उद्यमी सम्मानित

धुलाबारी ।झापाको मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजबंशी सम्मानित भएकी छन्।

बिहिबार धुलाबारी स्थित होटल रोयल निर्भाणमा संघको २० औँ बार्षिक साधारण सभामा पत्रकार राजबंशीलाई सम्मान गरिएको हो । उनले नगद २१ हजारसहित प्रमाणपत्र पाएकी छन् । त्यस्तै, उत्कृष्ट उद्योमीका रूपमा महावीर अग्रवाललाई सम्मान गरिएको छ ।

उत्कृष्ट कर्मचारीमा नगद १५ हजारसहित गंगा विकलाई पुरस्कृत गरिएको छ । यसैगरी, एम्बुलेन्स चालक मिनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगदसहित उपदान दिएर विदाई गरिएको छ ।

कार्यक्रममा पत्रकार राजबंशीको प्रमाणपत्र बाचन छनोट समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी र उत्कृष्ट उद्यमी महावीरको संघका पूर्व निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए ।

सोही अवसरमा संघको ४ कठ्ठा जग्गामा भवन बनाउन पूर्व अध्यक्ष पाण्डे र व्यवसायी महावीरले १÷१ लाख रूपैयाँ दिने घोषणा गरेका छन् । यसका लागि सबैले सहयोग गर्न समेत पाण्डेले आग्रह गरेका छन् ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले स्वागतसहित प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको धन्यवादसहित समापन वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

२०८१ चैत्र ७, बिहीबार प्रकाशित 0 Minutes 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।