काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ। एसको केन्द्रीय कमिटीको बैठकले २०८० साल फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार र आइतबार बसेको थियो।

समाजवादी कार्यदिशा अँगालेका सम्पूर्ण वामपन्थी र कम्युनिष्ट पार्टीलाई राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दै समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि एक भएर अगाडि बढ्ने निर्णय गरेको छ।
एसका अध्यक्ष माधव कुमार नेपालले पाँचौँ केन्द्रीय कमिटीको बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



