२०८३ जेष्ठ २९ शुक्रबार

प्रकृति लम्सालको शव ल्याएपछि राती नै गरियो अन्तिम संस्कार

रुपन्देही- भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ ।

हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानिय स्वर्गद्वारीघाटमा दाहसस्कार गरिएको हो ।

लम्सालको शवलाई केहि समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केहि समय राखिएको थियो ।

त्यसपछि मध्यराति नै अन्तिम सस्कार गरिएको हो । लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षिय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ फाल्गुन ८, बिहीबार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।