२०८३ जेष्ठ २१ बिहीबार

झापामा श्रीमतीलाई मारेर खाडल खनी गाड्ने श्रीमान पक्राउ

झापा । श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर घर भई झापाको अर्जुनधारा–८ मा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेत छन् । मनोजले श्रीमती ४५ वर्षीया कल्पना पोखरेलको हत्या गरी घरदेखि दुई सय मिटरपर चौरमा खाडल खनेर शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरका अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव चौरमा खाडल खनेर गाडेका थिए ।

हत्या गरी खाडल खनेर चौरमा गाडेपछि बस्नेतले श्रीमती हराएको हल्ला फिजाएका थिए । चार दिनदेखि खोजी गर्ने क्रममा शंका लागेर बस्नेतलाई सोधपुछ गर्दा श्रीमतीलाई हत्या गरेर गाडेको उनले स्वीकार गरेका थिए ।

२०७९ माघ २१, शनिबार प्रकाशित 0 Minutes 596 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।