मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् ।
“मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै रोटरी क्लब अफ मेचीनगरले मेचीनगर- १० स्थित मेची उद्योग वाणिज्य संघ अगाडि शनिबार आयोजना गरेको रक्तदान जिवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूलाई आयोजकको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको आयुस्मान निरौलाले जानकारी दिए ।
रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा प्रमुख कुसुम कोइरालालगायतको आतिथ्य रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको प्रविधिक सहयोग रहेको कार्यक्रममा सह-आयोजक रोट्रयाक्ट क्लब अफ मेचीनगर रहेको थियो ।
२०७९ माघ २१, शनिबार प्रकाशित
1 Minute
875 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



