२०८३ जेष्ठ २८ बिहीबार

म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

न्युज अफ नेपाल

काठमाडौँ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्। सहकारी ठगीको आरोप लागेका थापालाई म्याग्दी प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। सहकारीका उपाध्यक्ष रहेका थापा र उनको समूहमाथि स्थानीय कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोप छ।

कुमारी सहकारीको अनुसन्धान प्रतिवेदन गत वर्ष नै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सहकारीको रकमको दुरुपयोग गरी थापासहितले ढुकुटी खेलाउने, बोर्डिङ स्कुलमा लगानी गर्ने र व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ।

नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित उनीविरुद्ध २०७९ माघ २८ गते सहकारीकै अध्यक्ष यमबहादुर रोक्कालगायतले सहकारी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएर सहकारीको रकम दुरुपयोगको छानबिनको माग गरेका थिए।

२०८१ माघ २०, आईतवार प्रकाशित 0 Minutes 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।