२०८३ जेष्ठ २१ बिहीबार

नाइजेरियामा इन्धन बोकेको ट्रक विस्फोट हुँदा ७० जनाको मृत्यु

मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामले एएफपीलाई टेलिफोनमा बताउनुभयो ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताउनुभयो । “अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,” सुकुवामले बताउनुभयो । “हामी चीजहरू स्पष्ट गर्न घटनास्थलमा छौं ।”

गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ माघ ६, आईतवार प्रकाशित 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।