२०८३ जेष्ठ २१ बिहीबार

कपिल क्षेत्री नै आधिकारीक उम्मेद्वार : नेपाली काँग्रेस

मेचीनगर, माघ १९ । मेची उद्याेग वाणिज्य संघकाे माघ २१ गते शनिबार हुने निर्वाचनमा लाेकतान्त्रिक समुहकाे बरिष्ठ  उपाध्यक्ष पदकाे आधिकारीक उम्मेद्वार कपिल क्षेत्री (किशोर) नै रहेकाे नेपाली काँग्रेसले स्पष्ट पारेकाे छ ।

काँग्रेस मेचीनगर समितिले प्रेस विज्ञप्ती जारी गर्दै माेहन निराैलाकाे नेतृत्वमा रहेकाे लाेतान्त्रिक प्यानलकाे बरिष्ठ उपाध्यक्षकाे आधिकारिक उम्मेद्वार क्षेत्री नै रहेकाले सबैलाइ लाेकतान्त्रिक उम्मेद्वारलाई मतदान गरी विजयी गराउन सबै मतदाता व्यवसायीहरूलाई अपिलसमेत गरेकाे छ ।

नगर सभापति सुवेशकुमार पनेरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,`लाेकतान्त्रिक प्यानलकाे बरिष्ठ उपाध्यक्ष पदकाे आधिकारीक उम्मेद्वार कपिल क्षेत्री (किशोर) नै रहेकाे जानकारी गराउँदै, आधिकारिक उम्मेद्वार बाहेककाे प्रचार प्रसारमा संलग्न रहनु भएकाहरूलाईसमेत सचेत रहन र  माेहन निराैलाकाे प्यानलका सम्पुर्ण उम्मेद्वारहरूलाई अत्याधिक मतले विजयी गराउन सम्पुर्ण मतदाता व्यवसायीहरूलाइ हार्दिक आव्हान गर्दछाैं ।´

संघकाे निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदका लागि कपिल क्षेत्री सहित पन्नालाल जैन र हरिप्रसाद काेइरालाले उम्मेद्वारी दर्ता गराउनु भएकाे छ ।

प्रेस विज्ञप्ती

२०७९ माघ १९, बिहीबार प्रकाशित 0 Minutes 765 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।