भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’ का नौ हजार संक्रमित


झापा । भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’बाट संक्रमित भएका करिब ९ हजार मानिसहरु भेटिएका छन् ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमणलाई म्यूकर माइकोसिस भनिन्छ । निकै जोखिमपूर्ण मानिएको यो संक्रमणबाट हुने मृत्युदर ५० प्रतिशत छ ।

केही मानिसहरुलाई मात्र आँखा हटाएर बचाइएको छ ।

यद्यपि पछिल्लो केही महिनायता भारतमा म्यूकर माइकोसिसका धेरैजसो संक्रमित यसअघि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका मानिसहरु छन् ।

डाक्टरहरु कोरोना का संक्रमितको उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिको कारण यस किसिमको समस्या आएको हुन सक्ने बताउँछन् । यसबाट विशेषगरी मधुमेहका बिरामी जोखिममा रहने विशेषज्ञहरुको भनाइ छ ।

डाक्टरहरुअनुसार कोरोनाको संक्रमणबाट मुक्ता भएको १२ देखि १८ दिनपछि यस्तो समस्या देखिने पाइएको छ ।