झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो क्षेत्रमा भएका विकास निमार्णका कामहरु साक्षी राखेर सुनाए । आईतबार झापाको धुलाबारीमा भएको नेपाली काँग्रेस क्षेत्र नं १को भेलामा प्रमुख वक्ताका रुपमा उपस्थित उनले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकासका कामहरु उपस्थित सहभागिहरुलाई सोधेर बताएका थिए । सम्बोधनका क्रममा उनले एक ब्यक्ति एक कार्यकाल मात्र राष्ट्रपति र दुई पटक सम्म मात्र प्रधानमन्त्री बन्न पाउने प्रावधान संविधान संसोधनका क्रममा हुनुपर्ने समेत बताए ।सो कार्यक्रम क्षेत्र नं १का सभापति ईन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो ।

chautaripostonlinetv
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



