काठमाडौं ।
नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा एपीएफ क्लबले जीत हासिल गरेको हो ।

रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली एपीएफले बागमती युवा क्लबविरुद्ध ५–१ को फराकिलो जीत हासिल गरेको छ ।
एपिएफले दोस्रो चरणको खेलमा सुखद सुरुआत गर्दा बागमतीको भने यो लगातार दोस्रो हार यो । यसअघि बागमती त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित हुन बाध्य भएको थियो ।
एपिएफलाई फराकिलो जित दिलाउन रश्मीले ह्याट्रिक गर्दा गीता राना र अनिता केसीले थप एक एक गोल गरेका थिए भने बागमतीका लागि पुष्पाकुमारी खड्काले एक मात्र जवाफी गोल फर्काएकी थिइन् ।न्युज अफ नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



