भारतमा कोरोना संक्रमणको दरमा लगातार कमी


झापा (एजेन्सी) । भारतमा कोरोना संक्रमणको दरमा लगातार कमी देख्न पाइएको छ । आइतबार भारतमा २ लाख ८१ हजार ६८३ व्यक्तिमा कोरोना पुष्टि भयो ।

२७ दिनमा आइतबार पहिलो पटक ३ लाखभन्दा कम नयाँ संक्रमितको पहिचान भएको हो । यसअघि २० अप्रिलमा कोरोनाका २.९४ लाख नयाँ संक्रमित देखिएका थिए ।

यद्यपि, कोरोनाका कारण ज्यान गुमाउनेको आँकडामा भने खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा यहाँ ४,०९२ जनाको मृत्यु भएको छ । राहतको कुरा के छ भने यतिबेला ३ लाख ७९ हजार ३८८ व्यक्तिले कोरोना जिते पनि । यो एक दिनमा निको हुने दोस्रो सर्वाधिक आँकडा हो । यसअघि ८ मार्चमा ३.८६ लाख व्यक्ति कोरोनाद्वारा निको भएका थिए ।

यसै गरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका व्यक्तिको आँकडामा रेकर्ड एक लाख ८४६ को कमी भएको छ । यो देशमा महामारीको सुरुवातपछि सक्रिय संक्रमितमा भएको सबैभन्दा ठूलो गिरावट हो । हाल भारतमा ३५ लाख १२ हजार ६६० कोरोना संक्रमितको उपचार चलिरहेको छ ।

भारतमा संक्रमण कम हुँदा नेपालमा यसकाmे सकारात्मक असर देखिने र नेपालमा समेत संक्रमण घट्ने अनुमान गरिएको छ ।