२०८३ जेष्ठ २१ बिहीबार

नेपाल र भुटान बराबरीमा रोकिए

बल खोस्ने प्रयास गर्दै नेपाल र भुटानका खेलाडी ।

काठमाडौँ, पुस ७ गते । नेपाल र भुटान यु–१९ राष्ट्रिय महिला टोली बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपाल र भुटान १–१ गोलको बराबरीमा रोकिएका हुन् । सुरुवाती अग्रता जोगायन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको थियो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकएिको थियो । ६७औँ मिनेटमा सुशिला केसीले डिबक्स छेउबाट सोझै गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । त्यसपछि ८०औँ मिनेटमा भुटानकी फुन्ट्शो छोडेनले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो । यसअघि, नेपाल र भुटानको महिला यू–१६ टोलीको मैत्रीपूर्ण खेलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित गरेको थियो ।

गोरखापत्र अनलाइन

२०८१ पुष ७, आईतवार प्रकाशित 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।