२०८३ जेष्ठ २१ बिहीबार

एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली भिड्दै

न्युज अफ नेपाल

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजेदेखि खेल सुरू हुनेछ।

जनकपुर सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ बिकेटले पराजित भएर दोस्रो क्ववालिफायर खेल्न लागेको हो भने इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश गरेका हो।

दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएल गत मंसीर १५ वाट सुरू भएको थियो।

एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

२०८१ पुष ४, बिहीबार प्रकाशित 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।