२०८३ जेष्ठ २१ बिहीबार

‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

मेचीनगर, १७ माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ ।

आज मेचीनगर-११ स्थित जालपा सामुदायिक भवनमा लाल-भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर-१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर-११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिएको छ ।

शर्मासहित पुरस्कृत तीनै जना प्रतिभाहरुलाई जनहि ३१ हजार रुपैयाँसहित कदर पत्रद्वारा सम्मान गरिएको छ ।

सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेमोरी किङ शर्मा, प्रतिष्ठानका सदस्य मोहन काजी, समाजसेवीहरु शिव पौडेल, डिल्ली खतिवडा, हरिनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लाल-भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मनोज बानियाँले र सञ्चालन सचिव डम्बरबहादुर देउजाले गरेका थिए ।

२०७९ माघ १७, मंगलवार प्रकाशित 1 Minute 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।