२०८३ जेष्ठ २९ शुक्रबार

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न, मत गणना आजै रातिदेखि हुने

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज भएको मतदान सम्पन्न भएको छ । बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान भएको थियो ।

मतदान सम्पन्न भएसँगै प्रक्रिया अनुसार मतगणना सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतगणना आजै रातिदेखि सुरु गर्ने र यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी परेकाे छ ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

२०८१ मंसिर २८, शुक्रबार प्रकाशित 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।