२०८३ जेष्ठ २९ शुक्रबार

क्रियाशील पत्रकारहरूको साझा मोर्चामा गोविन्द चौलागाईं सामेल, प्रभाव बढ्दो

नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा काठमाडौं जिल्लाका पूर्व अध्यक्ष गोविन्द चौलागाईं क्रियाशील पत्रकारहरूको साझा मोर्चामा सामेल भएका छन् । चौलागाईंले यस मोर्चाबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेका छन् ।

चौलागाईंको यस सहभागिताले साझा मोर्चाको प्रभाव र उपस्थितिलाई थप बलियो बनाएको छ । यस कदमले क्रियाशील पत्रकारहरूमा नयाँ जोश र सकारात्मक लहर ल्याएको बताइन्छ ।

पत्रकारहरूबीच पार्टी र संगठनको सिण्डिकेटको दबाबलाई तोड्दै स्वतन्त्र पत्रकारिताको पक्षमा यो मोर्चाले जनमत आकर्षित गर्न थालेको छ । चौलागाईंजस्तो अनुभवी पत्रकारको सामेलले मोर्चाको सन्देशलाई थप प्रष्ट र विश्वासिलो बनाएको छ ।

क्रियाशील पत्रकारहरूको साझा मोर्चा कुनै राजनीतिक एजेन्डाभन्दा बाहिर रहेर स्वतन्त्र पत्रकारिताको रक्षा र पत्रकारहरूको हकहित सुनिश्चित गर्न काम गरिरहेको दाबी गरिएको छ । यसले आगामी पत्रकार महासंघको निर्वाचनमा बलियो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।समयबद्ध

२०८१ मंसिर २५, मंगलवार प्रकाशित 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।