२०८३ जेष्ठ २१ बिहीबार

बैसाखी टेकेर बगान पुगेका मेयरले गरे यस्तो घोषणा,बगान भित्र भेटियो सरकारी जग्गा

झापाको मेचीनगर नगरपालिका स्थित नकलबन्दा टि स्टेट भित्र दश बिघाह ,पाँच कठ्ठा सात धुर जग्गा सरकारी भएको बताईएको छ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले बिहिबार नकलबन्दा टि स्टेट (सरकारी जग्गा भएको स्थान)मा गएर बगान भित्र भेटिएको सरकारी जग्गाको संरक्षण मेचीनगर नगरपालिकाले गर्ने बताए । बैसाखी टेकेर बगान पुगेका मेयर बुढाथोकीले नियमानुसार अहिले भेटिएको जग्गामा विकासका कार्यहरु गर्ने समेत बताए । संक्षिप्तमा आयोजना गरिएको घोषणा जस्तै देखिने सो कार्यक्रममा नगरका उप प्रमुख मिना पोखरेल( उप्रेती) लगायतको उपस्थिति रहेको थियो ।

२०८१ मंसिर ६, बिहीबार प्रकाशित 0 Minutes 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।