२०८३ जेष्ठ २१ बिहीबार

झापा र मोरङबाट ४ लाख बढीको सामान बरामद

झापा । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट भन्सार छलेर नेपाल भित्राएको अवैध सामान प्रहरीले बरामद गरेको छ । भारतसँग जोडिएको खुला सीमा क्षेत्रहरूमा खटिएका प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भित्राएको विभिन्न प्रकारको खाद्यान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्पल, लत्ताकपडा तथा माछा लगायतका सामानहरू बरामद गरेको हो ।

बरामद गरिएको सामानको मुल्य करिब ४ लाख २७ हजार बराबरको रहेको छ । बरामद सामानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइसकेको छ ।

२०७९ माघ १६, सोमबार प्रकाशित 0 Minutes 1281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।