काँकरभिट्टा । काठमाडौंमा आत्मदाहका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका बिषयमा सरकारको ध्यानाकर्षण गराउन काँकरभिट्टामा युवाहरुले शान्तिपूणर् प्रदर्शन गरेका छन् । परिवर्तन थिएटर र क्रिएटिम सि नेपालको संयुक्त अगुवाईमा युवाहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित मौन र्याली प्रर्दशन गरेका थिए ।
राज्य संयन्त्रले दिएको हैरानी र विभिन्न अवरोधका कारण देशमै उद्यम गर्नुपर्छ भनेर व्यवसायमा लागेका युवा आचार्यको आत्मदाह सामान्य विषय नभएकाले त्यसप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउन शान्तिपूणर् गरेको परिवर्तन थिएटरकी संस्थापक तथा रंगकर्मी कविता नेपालले बताइन् ।‘आज इलामका युवा आचार्यले आत्मदाह गर्दा हामी नबोल्ने हो भने भोली हामी जस्ता कैयौंले आत्मदाह गर्नुपर्ने दिन आउन सक्छ,’ क्रिएटिम सि नेपालकी संस्कृति रिजालले भनिन्, ‘अब राज्य संयन्त्रको पुर्नसंरचनाका लागि सबैले आवाज उठाउनु पर्छ ।’

युवाहरुको शान्तिपुणर् प्रदर्शनमा पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयहरु स्वतस्फुर्त रुपमा सहभागि भएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



