२०८३ जेष्ठ २१ बिहीबार

भारतको सत्संगमा भागदौड, कम्तिमा २७ जनाको मृत्यु

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एउटा सत्संगको समयमा भागदौड हुँदा २७ श्रद्धालुको मृत्यु भएको बताइएको छ । यस घटनाको पुष्टि एटाका एसएसपीले गरेका छन् ।

‘एउटा दुखद घटना भएको छ, हाथरस जिल्लाको सिकन्दरराव नजिकैको मुगलगढ़ी गाउँमा भोले बाबाको कार्यक्रम चलिरहेको थियो, भागदौडका कारण मानिसको मृत्यु भएको छ । एटाको अस्पतालमा २७ जनाको शव आइपुगेको छ,’एटा एसएसपी राजेश कुमार सिंहले भनेका छन् ।

मर्नेमा २३ महिला, तीन बालबालिका र एक पुरुष भएको बताइएको छ  । अन्य कयौँ घाइतेलाई अस्पताल भर्ना गरिएको बताइएको छ । धार्मिक कार्यक्रमका क्रममा भागदौडका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीएमओ एटा उमेश कुमार त्रिपाठीले भनेका छन् ।

२०८१ असार १८, मंगलवार प्रकाशित 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।