२०८३ जेष्ठ २१ बिहीबार

मार्टिनेजको दुई गोलमा अर्जेन्टिनाको शतप्रतिशत जित

१६ असार, काठमाडौं । फरवार्ड लाउटारो मार्टिनेजले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा अर्जेन्टिनाले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा समूह् चरणमा शतप्रतिशत जित निकालेको छ ।

मायमीमा आइतबार बिहान भएको समूह ए को अन्तिम खेलमा सविक विजेता अर्जेन्टिनाले पेरुलाई २-० ले पराजित गरेको हो । यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले यो जितपछि समूह ए मा सबै खेल जितेर समूह विजेता बनेको छ ।

हार्ड रक स्टेडियममा भएको खेलमा लाउटारोले ४७औं र ८६औं मिनेटमा गोल गरे । जारी कोपामा उनले चार गोल गरिसकेका छन् । यसअघि उनले क्यानडा र चिली विरुद्ध एक-एक गोल गरेका थिए ।

अर्जेन्टिनाले खेलमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन । ७२औं मिनेटमा लियोन्ड्रो परेडेसले पेनाल्टीमा गोल गर्न सकेनन् ।

लगातार तीन जितपछि अर्जेन्टिनाले ९ अंक जोड्यो । दोस्रो हार व्यहाे रेको पेरु ३ खेलबाट १ अंकसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।

अर्को खेलमा क्याडनासँग गोलरहित बराबरी खेलेपछि पूर्व विजेता चिली पनि समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो पटक कोपा खेलेको क्यानडा ४ अंक जोड्दै समूह उपविजेताको रुपमा क्याटरफाइनल पुगेको छ । चिलीले भने दुई बराबरी र १ हारबाट २ अंक मात्र जोड्न सक्यो ।

२०८१ असार १६, आईतवार प्रकाशित 1 Minute 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।