२०८३ जेष्ठ २१ बिहीबार

एनडीए बैठकबाट मोदी सर्वसम्मतिले नेता चुनिए

नयाँ दिल्ली । एनडीए बैठकले फेरि एकपटक नरेन्द्र मोदीलाई नेता चयन गरेको भारतीय जनता पार्टीले जानकारी दिएको छ । लोकसभा चुनावको नतिजा आएपछि आज नयाँ दिल्लीमा एनडीए घटक पक्षको बैठक बसेको थियो, जसमा यो निर्णय गरिएको हो ।

भाजपाले चुनावमा २४० सिट जितेको छ भने आफ्ना सहयोगीहरूसँग मिलेर बहुमतको अङ्क पार गरेको छ। यस बैठकमा नरेन्द्र मोदीसहित कुल २१ नेता सहभागी थिए ।

यसमा जेपी नड्डा, राजनाथ सिंह, अमित शाह, चन्द्रबाबु नायडू, नितिश कुमार, एकनाथ शिन्दे, एचडी कुमारस्वामी, चिराग पासवान, जीतन राम माझी, पवन कल्याण, सुनील तटकरे, अनुप्रिया पटेल, जयन्त चौधरी, प्रफुल्ल पटेल, प्रमोद बोरो, अतुल बोरा समावेश छन्। , इन्द्र हङ सुब्बा, सुदेश महतो, राजीव रञ्जन सिंह, सञ्जय झा सहभागी थिए ।

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।