२०८३ जेष्ठ २१ बिहीबार

टी–२० मा जसले जसलाई हराउन सक्छ, नेपाल पनि सक्षम छ– कप्तान रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० मा जसले जसलाई हराउन सक्ने भएकाले नेपाल पनि टेस्ट राष्ट्रलाई स्तब्ध पार्न सक्षम रहेको बताएका छन् ।

टी–२० विश्वकपअघिको अभ्यास खेलका क्रममा शनिबार अमेरिकामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टोलीका दुईजना मात्र खेलाडी चलेमात्र पनि टी–२० मा खेल जित्न सकिने बताए ।

कप्तान रोहितले आफूहरू विश्वकपका लागि उत्साहित रहेको बताउँदै अमेरिकामा धेरै नेपाली दर्शकको माया पाउने आशा व्यक्त गरे ।

‘विश्वकपका लागि हामी एकदमै उत्साहित छौं । २५ दिनदेखि अभ्यास जारी छ । विश्वकप नजिकिँदै गर्दा उत्साह झनै बढिरहेको छ । यहाँ रहेका सबै नेपालीको साथ मिलेको छ । राम्रो तयारी मिलेको छ । उत्कृष्ट क्रिकेट खेलेर दर्शकलाई खुसी दिनेछौं,’ उनले भने, ‘टेस्ट मान्यताप्राप्त टोलीलाई हराएर हामी पनि सक्षम छौं भन्ने सन्देश दिनुपर्छ अब ।’

जुन २ (आइतबार)बाट अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप शुरू हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्यान्डसँग रहेको छ ।

समूह ‘डी’मा रहेको नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र छन् ।

२०८१ जेष्ठ १९, शनिबार प्रकाशित 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।