१६ जेठ, काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ ।
पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकार कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, ‘ अहिले भारतीयलगायतका पर्यटकहरूको आगमन पशुपतनाथ दर्शनका लागि बढ्दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रुपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’
प्रवक्ता अधिकारीका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका खोल्ने गरिएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



