२०८३ जेष्ठ २१ बिहीबार

सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै

धनुषा । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई शुक्रवार म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिँदैछ ।

सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहियामाथिको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लगिन लागेको हो । यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधवार दुवै पक्षको वहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलवार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो ।

२०८१ जेष्ठ ११, शुक्रबार प्रकाशित 0 Minutes 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।