२०८३ जेष्ठ २१ बिहीबार

कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ।

धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो।

न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतले जानकारी दिएको छ।

नागरिकता कीर्ते प्रकरणमा हिजो काठमाडौंमा पक्राउ परेका सिरोहियालाई रातभरि स्थलमार्ग हुँदै बिहान धनुषा ल्याइएको थियो। मंगलबलार उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए।

२०८१ जेष्ठ ९, बुधबार प्रकाशित 0 Minutes 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।