२०८३ जेष्ठ २१ बिहीबार

भारतको मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते

भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।

मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो।​ होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन्। घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन्। होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ ।

२०८१ जेष्ठ १, मंगलवार प्रकाशित 0 Minutes 410 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।