१ जेठ, काठमाडौं । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ ।
कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने बताए ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए ।
उनले सांसदहरूलाई संसदका साथै सडकमा पनि सशक्तरुपमा उठाउन निर्देशन समेत दिएका छन् ।
गिरीबन्धुको फैसलाबारे राजनीतिक नेतृत्व मौन रहेको भन्दै आलोचना भइरहेको छ ।
सर्वोच्चको फैसलामा चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न भनिएको छ । अनलाइन खबरबाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



