२०८३ जेष्ठ २१ बिहीबार

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्‍मा विरोध जनाएको थियो।

२०८१ बैशाख २८, शुक्रबार प्रकाशित 0 Minutes 282 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।