शुभ–अशुभ घटना हुन अगावै केही संकेतले यसको लक्षण देखाउने धार्मिक मान्यता छ । यी संकेत कैयौँ प्रकारले प्राप्त हुन सक्छ । अङ्ग फरफराउनु, केही खास सपना देख्नु पनि पर्दछ । ज्योतिष शास्त्रमा आँखा फरफराउँदा हुने केही संकेतका बारेमा चर्चा गरिएको छ ।
आँखा फरफराउँदा महिला र पुरुष दुबैमा अलग अलग अर्थ हुने गर्दछ । पुरुषको दाँया आँखाको माथिल्लो भाग फरफराउँदा लाभको संकेत मानिन्छ । साथै धन लाभ हुने संभावना हुने ज्योतिषको मान्यता छ । तर आँखाको मुनीको भाग फरफराएमा यसले अशुभ घटनाको संकेत गर्ने मान्यता छ ।

महिलामा भने दाँया आँखा फरफराउनु अशुभ मानिन्छ । महिलाका लागि बायाँ आँखा फरफराउँदा शुभ घटनाको पूर्व सूचना मानिनछ । तर पुरुषको बायाँ आँखा फरफराएमा उनीहरूको मानमा हानी हुने संकेत मानिन्छ । महिलामा भने यसले सफलता संकेत गर्दछ ।
यदि दुवै आँखा एकसाथ फरफराएमा पुराना टाढिएका मित्रसँग भेट हुने संकेत मानिन्छ । यो संकेत महिला–पुरुष दुबैमा समान हुन्छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



