२०८३ जेष्ठ २१ बिहीबार

प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटायो

नयाँ दिल्ली । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए । सचिव खरेका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ ।

सरकारी अनुमान अनुसार हाल १९१ लाख टन प्याज उत्पादन भएको छ भने भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो । –बीबीसी

२०८१ बैशाख २२, शनिबार प्रकाशित 0 Minutes 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।