इलाममा विजयी जुलुसमा सहभागी भई फर्किने क्रममा पिकअप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।आज साँझ ५.१५ बजेको समयमा इलाम नगरपालिका-५ बिब्ल्याटेस्थित मेची राजमार्गमा चोक बजारमा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको निर्वाचित सदस्यको विजयी सभामा सहभागी भई फर्कने क्रममा उक्त सभामा सहभागी भएका कार्यकर्ताहरू बोकेको को २ च ४४७ नम्बरको पिकअप घुम्तीमा आफै अनियन्त्रित भई पल्टिएको हो ।
घाइतेहरूलाई उपचारको लागि इलाम अस्पताल ल्याइ उपचार भइरहेकोमा गम्भीर घाइतेहरूलाई बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । चालक इलाम नगरपालिका-५ बस्ने वर्ष ३१ का राजन खत्री र पिकअप जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले बताए । उनले चालकले मादक पदार्थ सेवन गरेको जानकारी दिए ।

घाइतेहरुको नामावली
१ ) इलाम नगरपालिका ५ बस्ने वर्ष ३६ की तुलसा ढकाल बाहिरी चोट नदेखिएको शरीरको भित्री भागमा दुखेको अवस्था सामान्य
२) ऐ.ऐ. बस्ने वर्ष ६२ को रामचन्द्र खनालको निधारमा चोट अवस्था सामान्य
३) ऐ.ऐ. बस्ने ४२ की राधिका खनालको शरीरको विभिन्न अङ्गमा चोट अवस्था सामान्य
४) ऐ.ऐ. बस्ने वर्ष ६६ का लेखनाथ खनालको छातीमा चोट अवस्था सामान्य
५) ऐ. ऐ. बस्ने वर्ष ३६ की दुर्गादेवी घिमिरेको टाउको चोट अवस्था बोल्न सक्ने सामान्य
६) ऐ.ऐ. बस्ने वर्ष ३८ की दीक्षा आचार्यको देब्रे खुट्टामा चोट अवस्था सामान्य
७) ऐ.ऐ. बस्ने वर्ष ४८ का कृष्ण घिमिरेको देब्रे हातमा र खुट्टामा चोट अवस्था सामान्य
८) ऐ.ऐ. बस्ने वर्ष ३५ की लीलादेवी चापागाईँको देब्रे हातमा चोट अवस्था मध्यम थप उपचारको लागि साँझ ६ बजे विर्तासिटी अस्पताल झापा रेफर
९) ऐ.ऐ. बस्ने वर्ष ६६ का नगप्रसाद तिवारीको देब्रे हात र खुट्टामा चोट अवस्था सामान्य
१०) ऐ.ऐ. बस्ने वर्ष ६८ को वासुदेव खनालको नाक र छातीमा भित्री चोट अवस्था गम्भीर थप उपचारको लागि साँझ ६ बजे विर्तासिटी अस्पताल झापा रेफर
११) ऐ.ऐ.बस्ने वर्ष १५ की अन्जु बजगाईँको देब्रे खुट्टामा चोट अवस्था सामान्य
१२) ऐ.ऐ. बस्ने वर्ष २० की निरुता ढकालको देब्रे हातमा चोट अवस्था सामान्य
१३) ऐ. ४ बस्ने वर्ष ५० को प्रकाश सोङ्मिको देब्रे हातमा चोट अवस्था सामान्य
१४) ऐ.ऐ. बस्ने वर्ष ५३ का वेदप्रसाद रिजालको दाहिने हातमा चोट अवस्था सामान्य
१५) ऐ.ऐ. बस्ने वर्ष ७५ की लक्ष्मी आचार्यको देब्रे हात र टाउकोमा चोट अवस्था सामान्य
१६) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५७ को सूर्यप्रसाद दुलालको घाँटीमा भित्री चोट अवस्था गम्भीर थप उपचारको लागि विर्तासिटी अस्पताल झापा रेफर
१७) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५० की लक्ष्मी दुलालको घाँटीमा चोट अवस्था सामान्य
१८) ऐ.ऐ. बस्ने वर्ष २० की प्रीति ढुङ्गानाको टाउकोमा चोट अवस्था मध्यम बोल्न सक्ने
१९) जिल्ला इलाम सन्दकपुर गा.पा १ बस्ने वर्ष ४० का रमेश राईको देब्रे पाखुरामा चोट अवस्था सामान्य
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



