२०८३ जेष्ठ २१ बिहीबार

ह्वात्तै बढाए एमाले उम्मेदवार सुहाङले इलाममा मतान्तर

काठमाण्डु- इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउदैँ लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा ७८० मत बढी ल्याएका हुन् ।नेम्वाङले तीन हजार २४९ मत पाएका छन् भने कांग्रेसका खड्काले दुई हजार ४६९ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् । त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।

२०८१ बैशाख १६, आईतवार प्रकाशित 1 Minute 335 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।