प्रतिनिधि सभाको रिक्त एक सिटका लागि इलाम २ मा भएको उपनिर्वाचन अन्तर्गत जारी मतगणनामा कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन् ।
आइतवार दिउँसो सार्वजनिक भएको नतिजामा कांग्रेसका डम्बर खड्काले १ हजार १ सय ४५ मत पाएका छन् ।

नेकपा एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ प्राप्त गरेका छन् ।
तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ३११ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले २०९ मत प्राप्त गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



