२०८३ जेष्ठ २१ बिहीबार

सन्दीपको पुनरावेदनमाथि आज सुनुवाइ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ आइतबार हुँदैछ ।

जिल्ला अदालत काठमाडौंको फैसलामाथि सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको हो।

सन्दीपले जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै गरेको पुनरावेदन र जिल्ला सरकारी वकिलको कार्यालयले सजाय कम भएको भन्दै गरेको पुनरावेदनलाई एकै मुद्दाको रूपमा उच्च अदालत पाटनले सुनुवाइ गरिरहेको छ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि वैशाख १० गते अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी सारेको थियो।

वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट गौशाला २६ को कागजात मगाउन आदेश दिएका थिए। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको हो।

२०८१ बैशाख १६, आईतवार प्रकाशित 0 Minutes 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।