२०८३ जेष्ठ २१ बिहीबार

झापासहित सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

सरकारले आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरीका जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो। हात्तीपाइलेविरुद्धको औषधी सबैलाई खुवाउदै आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।

यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो। अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ।

अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन्। निर्देशक डा. मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो। दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनको भनाइ छ।

२०८१ बैशाख १६, आईतवार प्रकाशित 0 Minutes 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।