२०८३ जेष्ठ २९ शुक्रबार

देउनियाँ पुलमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने बुद्धशान्तिका कार्की

मेचीनगर । मेचीनगर नगरपालिका-१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति ८:३५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१२ स्थित देउनियाँ पुलमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना परेको थियो ।

२०८१ बैशाख १४, शुक्रबार प्रकाशित 1 Minute 399 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।