२०८१ बैशाख १७ सोमबार

११ औं संस्करणको एनप्याब्सन स्पोर्टस् मिट सुरु

झापा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल झापाको आयोजनामा ११ औं खेलकुद महोत्सव सुरु भएको छ । हल्दीबारी ३ स्थित चिल्ड्रेन गार्डेन इङ्गलिस बोर्डिङ्ग स्कुलको खेल मैदानमा शनिबार जिल्ला स्तरीय फूटबलको समुद्घाटन भएको छ भने एथलेटिक्स तर्फको १०० मिटर छात्र/छात्रा र २०० मिटर छात्र/छात्राको खेलहरु सम्पन्न भएका छन् ।

शनिबार भएको अन्तर मा.वि. जिल्ला स्तरीय फूटबलमा अरुणोदय आवासीय मावि, सूर्योदय मावि, आदर्श विद्या मन्दिर, इष्ट होराइजन अंग्रजी मावि, दन्तकाली बोर्डिङ्ग स्कुल, चिल्ड्रेन गार्डेन अंग्रेजी माविले विजयी सुरुवात गरेका छन् ।

शनिबार नै सम्पन्न भएका एथलेटिक्सका १०० मिटर र २०० मिटर दौडमा छात्रा तर्फको १०० मिटर दौंडमा फाक्तालुङ्ग एजुकेशन फाउण्डेशनका स्मारिका श्रेष्ठ, चिल्ड्रेन गार्डेन अंग्रेजी माविका निरु मेचे र माँ सरस्वती एजुकेशन फाउण्डेशनका रिदिमा राईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यस्तै, छात्रतर्फ भएको १०० मिटर दौडमा दन्तकाली बोर्डिङ्ग स्कुलका यूक्रिस बस्नेत, तोपगाछी मोडल अंग्रेजी स्कुलका भिष्म श्रेष्ठ र अरुणोदय आवासीय माविका अमन बाँतरले क्रमशः प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी, छात्रातर्फको २०० मिटर दौंडमा चिल्ड्रेन गार्डेन अंग्रेजी माविका सलिना मेचे, अरुणोदय आवासीय माविका दिपशिखा भूजेल र इडेन गार्डेन अंग्रेजी माविका लक्ष्मी मैनालीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी, शनिबार नै भएको छात्रतर्फको २०० मिटर दौंडमा चिल्ड्रेन गार्डेन अंग्रेजी माविका राज मेचे, अरुणोदय आवासीय माविका संजोग राउत र फाक्तालुङ्ग एजुकेशन फाउण्डेशनका सुवास खत्रीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

बिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल प्रदेश नं. १ का उपाध्यक्ष रामकुमार राजवंशी, एनप्याब्सन झापाका उपाध्यक्ष एवम् खेलकुद संयोजक प्रेम शेर्मा, एनप्याब्सन झापाका सचिव ओम विक्रम नेम्बाङ्ग, एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा एनप्याब्सन मेचीनगरका कोषाध्यक्ष दिपेन्द्र प्रधान, एनप्याब्सन मेचीनगरका सदस्य नवराज सुवेदी, अरुणोदय आवासीय मा.वि.का. प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, तोपगाछी मोडल इङ्गलिस स्कुलका प्रधानाध्यापक गिरीराज वस्नेत, लोफोफोरस इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सागर गुरुङ्ग, शान्तिपथ बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक कञ्चन गौंतमलागायतको उपस्थिति रहेको थियो ।

एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले गरेका थिए ।

एनप्याब्सन जिल्ला स्तरीय खेलकुद कार्यक्रमको समापन बृहत साँस्कृतिक कार्यक्रमसहित आगामी माघ २१ गते इष्ट होराइजन मावि धुलाबारीमा गरिने एनप्याब्सन झापाका खेलकुद संयोजक प्रेम शेर्माले बताए ।

२०७९ माघ ७, शनिबार प्रकाशित 0 Minutes 238 Views

ताजा समाचार