२०८३ जेष्ठ २९ शुक्रबार

झापाबाट यात्रु लिएर जाँदै गरेको बोलेरो इलाममा दुर्घटना, ६ जना घाइते

झापाको बिर्तामोडबाट यात्रु लिएर इलामको माबुतर्फ जाँदै गरेको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै झापाका रहेका छन् । आज दिउँसो ३.२० बजेको समयमा इलाम सन्दकपुर गाउँपालिका ४ माबुमा इलामबाट माबुतर्फ जाँदै गरेको मे १ ज ३२५५ नम्बरको बोलेरो गाडी उकालोमा ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा परी निम्न व्यक्तिहरू घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी वर्ष ७२ का मीनबहादुर गुरुङको टाउकोमा चोट, अवस्था सामान्य, शिवसतासी नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ६५ की विष्णुमाया गुरुङको दाहिने कुममा चोट, अवस्था सामान्य, बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी वर्ष ५९ का ओमकुमार गुरुङको दाहिने कुममा चोट,अवस्था सामान्य, बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी वर्ष ६० का तुलाराम गुरुङको ढाडमा चोट, अवस्था सामान्य, बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी वर्ष ६२ की हर्कमाया गुरुङको टाउकोमा चोट ,अवस्था सामान्य र बिर्तामोड नगरपालिका १० बस्ने अन्दाजी वर्ष ४० की ज्ञानमाया गुरुङको ढाडमा चोट ,अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए ।

घाइतेहरूलाई बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएको छ । बोलेरोमा १० जना सवार रहेका थिए । घटनास्थलमा रहेको गाडी उठाउने पहल भइरहेको र चालक इलाम माईजोगमाई गाउँपालिका ६ बस्ने ३२ वर्षीय प्रेमबहादुर थापा घाइतेहरूको उपचारमा संलग्न रहेको डीएसपी जवेगुले जानकारी दिए ।

२०८१ बैशाख १०, सोमबार प्रकाशित 0 Minutes 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।