२०८३ जेष्ठ २१ बिहीबार

इरानमाथि थप नाकाबन्दी लगाउने तयारीमा अमेरिका र इयू

जेरुसेलम । हालै इजरायलमाथि गरेको आक्रमणलाई लिएर अमेरिका र युरोपेली संघ (इयु)ले इरानमाथि थप नाकाबन्दी लगाउने तयारी गरेका छन् । इजरायलले इरानमाथि उसको मिसाइल कार्यक्रमलाई लिएर नाकाबन्दी गर्न आफ्ना समर्थकलाई आह्वान गरेको थियो ।

सो विषयमा संयुक्त राष्ट्र संघको नाकाबन्दी गएको अक्टोबरमा निस्तेज भएको थियो । यद्यपि अमेरिका, इयू र बेलायतले भने नाकाबन्दी जारी राख्दै थप नाकाबन्दीको तयारी गरेका छन् । इजरायलका प्रधानसेनापति हर्जी हलेभीले इरानले हालै गरेको आक्रमण जवाफविहीन नहुने चेतावनी गएको सोमबार दिएका थिए । इरानले गएको शनिबार इजरायलमाथि आक्रमण गरेको थियो ।

इरानले यही अप्रिल १ मा सिरियास्थित आफ्नो कन्सुलेट कार्यालयमा गरिएको आक्रमणको जवाफमा शनिबार इजरायलमाथि हमला गरिएको बताउँदै आएको छ । कन्सुलेटमा भएको आक्रमणमा १३ जना मारिएका थिए । (बीबीसी)

२०८१ बैशाख ५, बुधबार प्रकाशित 0 Minutes 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।